रामायणका निषाद राजको निधन

मुम्बई(एजेन्सी) । चर्चित भारतीय पौराणिक टेलिफिल्म ‘रामायण’मा रामका साथी निषाद राजको भूमिकामा अभिनय गर्ने कलाकार चन्द्रकान्त पाण्डेयको बिहीबार निधन भएको छ । यो कुराको जानकारी टेलिफिल्ममा सीताको भूमिकामा अभिनय गर्ने दीपिका चिखलियाले इन्स्टाग्राममार्फत दिएकी हुन् ।

टेलिभिजनको यो चर्चित टेलिफिल्म अघिल्लो लकडाउनमा पुनः टेलिभिजनमा प्रसारण भएको थियो । यसै महिना टेलिफिल्ममा रावणको चरित्रमा अभिनय गर्ने अरविन्द त्रिवेदीको निधन भएको थियो ।

चन्द्रकान्त सन् १९४६ मा गुजरातमा जन्मिएका थिए । उनका पिता व्यापारी थिए । जो व्यापार गर्नका लागि मुम्बई आएका थिए । बाल्यकालदेखि नै मुम्बईमा बस्दै आएका चन्द्रकान्तले मुम्बईबाटै पढाई पुरा गरेका थिए ।