प्रेमगीत ३ मा सुनिए भारतीय गायकगायिका

काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ हिन्दी संस्करणको सबै गीतको काम सकिएको छ । यो फिल्म नेपाली र हिन्दी भाषामा विश्वभरी प्रदर्शन हुँदैछ ।

फिल्म निर्माण कम्पनी आशुसेन फिल्मस्का अनुसार फिल्मका लागि भारतीय गायकगायिकाहरुले स्वर दिएका छन् । जसमा राहत फतेह अली खानले ‘ये सनम तुही तु’, अंकित तिवारी र पुलक मुछालले ‘तुम प्यार हो’ र देव नेगी र पलक मुछालले ‘मुझ्मे बस् जना’मा स्वर दिएका हुन् । यी गीतमा कुमार र एम तुराजको शब्द छ ।

सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ । फिल्म फागुन १३ मा रिलिज हुँदैछ ।