काठमाडौं । देशमा आफ्नो संघको शाखा विस्तारलाई तिब्रता दिइरहेको नृत्य निर्देशक संघ नेपालले अमेरिकाको डिसी महानगर क्षेत्रमा शाखा गठन गरेको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा संचालन हुँदै आएको केसी डान्स सेन्टरका संचालक तथा निर्देशक नवीन केसीको अध्यक्षतामा नृत्य निर्देशक संघ नेपाल शाखा गठन गरिएको हो ।
संघका केन्द्रीय उपाध्यक्ष शम्भु शाही र केन्द्रीय सदस्य सृजना श्रेष्ठको उपस्थितिमा गठन गरिएको संघको शाखामा उपाध्यक्ष केसी डान्स सेन्टरका संचालिका एवं निर्देशक लुना श्रेष्ठ, सचिवमा मनिधन राई, कोषाध्यक्षमा सिम्रन शाही र सल्लाहकारमा नृत्य निर्देशक यज्ञमान शाक्य रहेका छन् ।
२०७३ सालमा स्थापना भएको नृत्य निर्देशक संघ नेपालको केन्द्रीय कार्यालय काठमाडौँ चाबहिलमा रहेको छ भने संघका वर्तमान केन्द्रिय अध्यक्षमा नृत्य निर्देशक भुवनदास श्रेष्ठ छन् ।