सेलिब्रेटीले मनपराए लाइफ इन एलए

काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘लाइफ इन एलए’ले गत बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा प्रिमियर गर्यो । फिल्म हेर्न लविम मलमा निर्देशक प्रकाश सायमी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपक श्रेष्ठ, वितरक कोपाल काजी कायस्थ, क्युएफएक्सका सञ्चालक नकिम उद्दिन, अभिनेता संदीप क्षेत्री, नेपाली फुटबल टिमका पूर्व कप्तान विराज महर्जन, खेलाडी भरत खवास, नेपाली महिला फुटबलर अन्जना थापा मगर, र्यापर दिनेश लगायत पुगेका थिए ।

अमेरिका र नेपालमा छायांकन गरिएको फिल्मको टिमबाट निर्देशक सुर्य एन श्रेष्ठ, निर्माता तथा अभिनेता ब्यास बिस्सु, कार्यकारी निर्माता संसार सुवेदी, अभिनेता बुद्धि तामाङ, अभिनेता लोकेन्द्र लेखक, अभिनेत्री शिल्पा मास्के, अभिनेत्री अकेशा बिष्ट, अभिनेत्री निलम चन्द प्रिमियरमा उपस्थित थिए ।

कार्यक्रममा उपस्थित फिल्मकर्मीले फिल्मको कथावस्तु राम्रो रहेको प्रतिक्रिया दिएका थिए । सुर्य एन श्रेष्ठ निर्देशित त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सिनेमामा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास, प्रविसा अधिकारी र कविता श्रेष्ठ स्वर छ ।