काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर र बेनिशा हमालले बिहिबार काठमाडौंमा एक समारोहबीच जापानको अन्तर्राष्ट्रिय उत्पादन व्युटी कस्मेटिक डिएचसीको स्किन सम्बन्धी विभिन्न २१ वटा उत्पादन सार्वजनिक गरेका छन् ।
अभिनेत्री करिश्माले हलिउडका कलाकारहरुले महत्वका साथ प्रयोग गर्दै आएको यो उत्पादन नेपालमा भित्रिएकोमा अभिनेत्री खुसी व्यक्त गरिन् । कार्यक्रममा अभिनेत्रीहरु करिश्मा मानन्धर, बेनिशा हमाल, गायिका तृष्णा गुरुङ, मोडल उषा उप्रेती, हिमाञ्चल ट्रेडिङका अध्यक्ष नारायणप्रसाद न्यौपाने, प्रबन्ध निर्देशक सुजन न्यौपाने, डिएचसीका नेपाल सेल्स म्यानेजर कमल भारतीले डिएचसीका २१ वटा उत्पादनको संयुक्त रुपमा सार्वजनिक गरे ।
अभिनेत्री बेनिशा हमालले विश्वमा प्रति सेकेन्ड कम्तिमा एक उत्पादन बिक्री हुने डि एच सी आफुहरुको लागि झनै उपयोगी हुने गरेको बताईन् । मोडल उषा उप्रेतीले नारीहरुको सुन्दरतामा व्युटी उत्पादनको निकै महत्व हुने गरेको बताईन् ।
नेपालमा डि एच सीको उत्पादन भित्र्याएको हिमाञ्चल ट्रेडिङका प्रबन्ध निर्देशक सुजन न्यौपानले गुणस्तरमा विश्वको मन जितेको यो कस्मेटिक उत्पादन अब भारतीय बजारभन्दा निकै सस्तो मूल्यमा नेपालमा बिक्री गर्ने बताए ।
सञ्चारकर्मी तथा चलचित्र निर्देशक दिनेश डिसीले डि एच सीको बिहिबार सार्वजनिक गरिएको उत्पादनबारे जानकारी गराए । कार्यक्रममा अग्रज ब्युटिसियन सोनी कारंजित र कस्मेटोलोजिस्ट परिषी कारंजितले डि एच सीको उत्पादन कसरी प्रयोग गर्ने भनेर देश भरका यस भन्दा बढी बिक्रेता तथा व्युटिसियनहरुलाई कार्यक्रममा कार्यशाला मार्फत जानकारी गराए ।