रानीले ल्याइन् खर्च माग्दिनँ

काठमाडौं । गायिका रानी शाक्यको स्वरमा समावेश ‘खर्च माग्दिनँ’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा सुनिता बस्नेत थापाको शब्द र दीपक शर्माको संगीत छ ।

भिडियोमा मोडल विना राउतले दर्जन बढी कोरसहरुको साथमा नृत्य गरेकी छिन् । भिडियोमा देवेन्द्र पाण्डेको निर्देशक तथा कोरियोग्राफी छ ।

विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ । गायिका शाक्यले अन्य तीज गीत भन्दा ‘खर्च माग्दीनँ’ केही भिन्न भएको बताइन् । उनले, अबका तीज गीतले महिलाको सफलताको कथा भन्नुपर्ने पनि तर्क गरेकी छिन् ।