मेरी बास्सैमा भित्रिए भिलेन मुकुन्द

काठमाडौं । नेपाली हास्यव्यङ्ग्यको इतिहासमा सबैभन्दा लामो समय प्रशारण गरिरहेको नेपाली टेलिश्रृंखला ‘मेरी बास्सै’ले आफ्नो प्रशारणको ७ सय ८० भाग पुरा गरेको छ । गत मंगलबार ‘मेरी बास्सै’को ७ सय ८० भाग प्रशारण भएको छ । यो भागदेखि नेपाली फिल्मका एक समयका प्रख्यात भिलेन मुकुन्द श्रेष्ठको प्रवेश भएको छ ।

टेलिश्रृंखलामा मुकुन्द ‘बडाकाजी’को भुमिकामा देखिने छन् । श्रृंखलाका प्रमुख एकपात्र काजी बा अर्थात् रामचन्द्र अधिकारीको स्वास्थ्य अवस्था सामान्य हुन समय लाग्ने देखिएपछि यो टिमले मुकुन्दलाई भित्र्याएको हो ।

‘श्रृखंलामा काजीको भुमिका दमदार देखिनुपर्छ र मुकुन्द श्रेष्ठलाई त्यो सुहाउने भएकाले उहाँलाई लिएका हौं’ मेरी बास्सैका निर्देशक दिवाकर भण्डारीले भने ‘अब सधैं हुने नहुने विषय टुंगो लागेको छैन्, अग्रज कलाकार हामीसँग रहनुपर्छ भन्ने मेरो चाहाना हो ।’

दिवाकर भण्डारीको निर्देशनमा तयार भईरहेको मेरी बास्सैमा सुरवीर पण्डित, लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, सुरेन्द्र के.सी., पल्पसा डंगोल, निरु खड्का, टिकाभक्त जिरेल लगायतका कलाकारको अभिनय छ ।