प्रसारणमा लालबहादुर द स्पार्क

काठमाडौं । जी मिडिया कनेक्सनको ब्यानरमा निर्मित नेपाली वेवसिरिज ‘लालबहादुर, द स्पार्क’को प्रसारण सुरु भएको छ। हरेक हप्ता शुक्रबार नयाँ भाग सहित सार्वजनिक हुने सिरिजमा देवजंग थापाको लेखन तथा निर्देशन रहेको छ ।

सिरिजमा सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन (खबपु)को मुख्य भूमिकासहित सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी , अनिता गिरी , जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ ।

मुख्यपात्र लाल बहादुरको भुमिकामा देखा परेका सरोज खनाल २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको देउराली गाँउमा भएको पानीको समस्या लाई समाधान गर्न गाउलेलाई समेटन लागेको पहिलो एपिसोडमा देखाईएकोे छ, सुनिल थापालाइ भने गाँउपालिका अध्यक्षको रुपमा देखाईएको छ, मुख्य बाधाका रुपमा देखिएका सुनिल थापा ले के कसरि बाधा अडचन ल्याउछन अनि सरोज खनाल (लालबहादुर)ले कसरी गाउमा पानि ल्याउछन, यि सब जान्नका लागि भने आगामी एपिसोडहरु हेर्न पर्नेछ । चार सिजनको ५२ एपिसोड रहने सिरिजको पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिए ।

प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको सिरिजमा नविन डाँगी निर्माण नियन्त्रक ,नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह निर्देशन , प्रनुप थापाको संवाद , ईसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङगार, बिबेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको सगीत रहेको छ ।

लाल बहादुर, द स्पार्कलाई जी मिडिया कनेक्सनको युट्युव बाट हेर्न सकिन्छ ।