वैशाखमा नेपाल ग्रामीण चलचित्र महोत्सव

काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पु¥याउने रहेको आयोजकको भनाइ छ ।

महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामिण कथावस्तुमा बनेका फिल्मको सहभागिता हुनेछ । महोत्सवको लागि फिल्म दर्ता आव्हान गरिएको आयोजकले जनाएका छन् ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्म सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका फिल्महरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

‘दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरुलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको उद्देश्य हो’, अध्यक्ष सापकोटाले भने ।

गतवर्ष गोरखाको लाप्राकमा सम्पन्न महोत्सवमा राम्रै दर्शकको उपस्थिति रहेको थियो । यो वर्ष महोत्सव हुने स्थान भने फाइनल भई नसकेको आयोजकले बताएको छ । महोत्सवमा चलचित्र विकास बोर्डको सहकार्य हुनेछ ।