भीर माहुरीमा रोशन र प्रियंका

काठमाडौं । गायक आरसी रिमाल र गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत भीर माहुरी’को नयाँ म्युजिक भिडियो भएको छ । शुक्रबार सार्वजनिक गीतमा मोहन थापाको शब्द र गायक आर सीकै रहेको संगीत छ ।

डान्सिङ विट रहेको भिडियोमा रोशन केसी र प्रियंका कार्कीको अभिनय रहेको छ । भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो तारिफ योग्य बनेको छ । गीतकार थापाको प्रेमिल शब्द अनुसारको म्युजिक भिडियो बनेको छ ।

यस म्युजिक भिडियोमा निर्देशक शिवाकोटीले गीतको भाव जस्तै निर्देशन र कोरियोग्राफीमा भिडियो तयार पारेका छन् । उनले रोशन र प्रियंकाको जोडीलाई जमाउन सफल भएका छन् । सार्वजनिक भिडियोमा रोशन र प्रियंकाको नृत्य हेर्न सकिन्छ ।

यस म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ । भने, विकाश दाहालको सम्पादन र रंग संयोजन रहेको छ । यस्तै, यो गीतको भिडियो नेपमेलो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।