बिहे पासको मायाको बिहे पास

काठमाडौं । प्रदर्शनको संघारमा रहेको प्रतिक्षित फिल्म ‘बिहे पास’ को शीर्ष गीत ‘मायाको बिहे पास..’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दासको स्वर,बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो ।

फिल्मको मुख्य बिषय र भाव प्रस्तुत गरिएको गीतमा दयाहाङ राई र प्रकृति श्रेष्ठलगायतका अधिकांश कलाकारलाई देख्न सकिन्छ । गीतको सम्पादन र भिएफएक्स समीर मियाँले गरेका हुन । सेन्सर बोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त फिल्मलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन भने प्रस्तुतकर्तामा रोहित कटेल र कार्यकारी निर्मातामा रत्न श्रेष्ठ छन् । शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामीछानकोको कोरियोग्राफी रहेको फिल्मको कथा मर्रे केर,आकाश बराल र सजन काफ्लले लेखेका हुन भने पटकथा आकाश र सजनले बुनेका हुन् । फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।

फस्र्टलुक पोस्टर र टिजरबाटै दर्शकको चासो र प्रतिक्षामा रहन सफल फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,बुद्धि तामाङ,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

पूर्वी नेपालका बिभिन्न स्थलमा खिचिएको फिल्मको यसअघि सार्वजनीक रोमान्टिक गीत ‘खाली छैन मेरो मुटु’ ले दर्शकको मन जितिसकेको छ । आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको फिल्मको बितरण पनि आरआर फिल्मले नै गरेको छ ।