३० दिनमा जय हो पुरा

काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘जय हो’को मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० दिनमा सम्पुर्ण छायांकन सकिएको छ । कास्की र मुस्ताङको विभिन्न स्थानमा सिनेमाको छायांकन गरिएको हो ।

टेक पौरखी राईको निर्देशन गरेको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

फिल्ममा सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स, केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन् ।

सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहको फिल्म आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।