दुई भाषामा देव वाणी

काठमाडौँ । निर्देशक बाबु साहेव बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘देव वाणी’ आगामी वैशाख १९गतेबाट वीरगन्ज र तराईका विभिन्न स्थानमा छायांकन हुने भएको छ । फिल्मको केही दिनअघि काठमाडौंको एक स्टुडियोमा गीत रेकडिङ गरिएको थियो ।

मनोहर सुनामको संगीत रहेको गीतमा गायक प्रताप दास र गायिका सुनिता कार्कीले स्वर दिएका थिए । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा कुन्दन भाद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, देव सिंह, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहनेछ । फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ ।फिल्म नेपाली र भोजपुरी भाषामा निर्माण हुने छ।।