जय हो टिजरमा निराश केकी

काठमाडौं । निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘जय हो’को १ मिनेट १४ सेकेन्डको टिजर शुक्रबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा फिल्म बिदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउँदै छ ।

टेक पौरखी राईको निर्देशन निर्माण भएको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । टिजरमा अभिनेत्री केकीलाई निराश मुडमा देख्न सकिन्छ ।

फिल्ममा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङका विभिन्न रमणीय स्थानलाई देखाइको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्म जिजिए ग्रुपले वितरण गर्दैछ ।