राजनीतिक कथामा राजुको मेयर साहेब

काठमाडौं । राजु गिरीको निर्देशनमा नेपाली फिल्म ‘मेयर साहेब’ निर्माण हुने भएको छ । शुक्रबार निर्देशक गिरीले फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरेका हुन् ।

आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मको लागि अहिले कलाकार छनोटको काम भैरहेको छ । चाँडै फिल्मको कास्ट एण्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमको छ । राजनीतिक बिषयमाथि निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सन र कथा लेखनको काम भैरहेको छ ।

बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती फिल्मका सह–निर्माता हुन् ।

निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको सिनेमा ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । यो फिल्म आगामी भाद्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।