काठमाडौं । अभिनेता सलोन बस्नेतले छोटो फिल्म ‘इम प्योर’का लागि ‘त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्ड’मा ‘उत्कृष्ट अभिनेता’ घोषित भएका छन् । गत जुन २६ मा भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोनले यो अवार्ड जितेका हुन् ।
अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको फिल्ममा अनुप थापाको निर्देशन छ। फिल्ममा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ ।
बाल कलाकारको रुपमा परिचित सलोनले ‘होस्टेल’बाट अभिनेताका रुपमा नेपाली फिल्ममा डेव्यु गरेका हुन् । उनको अभिनय रहेको फिल्म ‘जय हो’ आगामी भाद्र ८ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा टेक पौरखी राईको निर्देशन छ ।