राजु र करणले ल्याए धन्यवाद

काठमाडौ । गायक राजु लामा र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता करण राईको ‘धन्यवाद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भ्वाईस अफ नेपाल सिजन ४ विजेता बनाउन सहयोग गर्ने फ्यानहरुका लागि समर्पण गर्दै राजु र किरणले गीत तयार पारेका हुन् ।

राजुकै शब्द तथा संगीत रहेको गीतमा देबेश राईले एरेञ्ज तथा मिक्सिङ गरेका छन् । यो गीत करण राई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतको बारेमा करणले लेखेका छन्–‘नमस्कार÷सेवा÷सेवारो सम्पूर्णमा ! ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को यात्रामा यहाँहरुले जति माया,साथ,हौसला र आशिर्वाद दिनुभयो । त्यसको बदलामा मैले जति नै धन्यवाद दिए पनि सायद कम हुन्छ । तथापी हजुरहरुले दिनुभएको प्रेमको निम्ति केही दिन नसके पनि मेरो गुरु÷कोच आदरणीय राजु लामा सर र मेरो तर्फबाट हाम्रो आवाजमा यी नै कृतज्ञताको शब्दहरु सहित यो ‘धन्यवाद’ गीत यहाँहरु माझ अर्पण गर्दछौं । आशा छ १ यहाँहरुले हामीलाई यसैगरी माया,प्रेम,साथ,हौसला र आशिर्वाद दिइरहनु हुनेछ ।’

‘धन्यवाद’ गीतको भिडियोमा गूरु–चेला राजु र करण नै फिचर्ड छन् । गीतको शब्दहरुमा दर्शकको माया खेर जान नदिने वाचा राजु र करणले गरेका छन् । यस भिडियोमा ईशक जाबेगुको निर्देशनसंगै सिनेमाटोग्राफी रहेको छ, भने इडिट तथा कलर सुप्रिम पराजुलीको रहेको छ ।