आकुर माकुरमा कमल र विना

काठमाडौं । संचारकर्मबाट म्यूजिक भिडियो तथा फिल्म निर्देशनमा व्यस्त बनेका सुव्रतराज आचार्यको निर्देशनमा तीज विशेष गीत सार्वजनिक गरिएको छ । तीज नजिकिन अझै २ महिना बाँकी रहेको अवस्थामा बजारमा एकपछि अर्को तीज गीत सार्वजनिक गर्ने क्रम बढेको छ ।

यही मेसोमा गायिका रानी शाक्य र गायक नारायण बाबुको स्वर, नारायण बाबुको शब्द तथा संगीतमा ‘आकुर माकुर’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा कमल सिंह र मोडल विना राउतले नृत्य गरेका छन् । उत्सव दाहालको छायांकन रहेको यो भिडियोमा विशेष पौडेलको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।