फेसन र मोडलिङमा अनिलाको अलग्गै पहिचान

काठमाडौंँ । ‘मिसेस युनिभर्स २०१९’ की विजेता हुन् अनिला श्रेष्ठ । नेपालमा उत्कृष्ट सौन्दर्य प्रतियोगीता आयोजना गर्नुपर्छ । त्यसले मात्र अन्तराष्ट्रिय उपाधि नेपाल भित्र्याउन मद्दत गर्न भन्ने सोचका साथ अग्रसर श्रेष्ठले २०१९ मा चीनको ग्वान्जोमा आयोजित ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागिता रहेको ‘मिसेस् युनिभर्स २०१९’मा नेपाललाई सेमिफाइनमा पुर्याउदै मिसेज लोयलको उपाधि दिलाएकी थिइन् ।

२००५ देखिनै नेपालका बिभिन्न फेसन शो र सौन्दर्य प्रतियोगीतामा सक्रिय श्रेष्ठ फेसन र सौन्दर्य प्रतियोगीताको स्थापित कोरियोग्राफर पनि हुन् ।

२०२० मा आयोजना भएको ‘फेसनफेअर अवाड’मा बेष्ट इन्टरनेशनल नेशनल निर्देशक, बेष्ट इभेन्ट कोरियोग्राफर र बेष्ट इभेन्ट अर्गनाइजेशन गरेर एकसाथ तीन अवार्ड हात पार्न सफल उनी ग्रिन आर्ट मिडिया’ मार्फत मिस इको, ‘द कलेज एम्बेसड’, ‘मिस एण्ड मिसेज स्टार यु्नि«भर्स’ नेपाल लगायतका सौन्दर्य प्रतियोगीता समेत आयोजना गर्दै आएकी छन् ।

हालै दुबईमा आयोजना भएको ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा निर्णायकको रुपमा समेत सहभागी उनी पछिल्लो समय ‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ आयोजना तयारीमा छन् ।

युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको प्रतियोगिताको उदेश्य अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा नेपालको दर्बिलो उपस्थिती बनाउने रहेको छ ।

पछिल्लो समय युवा युवतीको फेसन र सौन्दर्य प्रतियोगीतामा आकर्षण बढ्दो छ । उक्त आकर्षणलाई क्याच गर्न सकियो भने चर्चित अन्तराष्ट्रिय उपाधि पनि नेपाल भित्र्याउन सकिने श्रेष्ठ बताउछिन् । भनिन्, ‘युवा मार्फत अन्तराष्ट्रिय उपाधि नेपाल भित्र्याउनु पर्छ ।’