जय हो सबै उमेर समूहकाले हेर्न पाउने

काठमाडौं । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘जय हो’ सेन्सर पास भएको छ । शुक्रबार सेन्सर पास भएका फिल्म सबै उमेर समुहका दर्शक सजिलै हेर्न पाउने गरी युनिभर्सल ‘यू’ सर्टिफिकेट पाएको छ छन् । सेन्सरमा फिल्म हेरेका पदाधिकारीले फिल्मलाई राम्रो प्रतिक्रिया दिएको निर्माण टिमले जनाएको छ ।

फिल्ममा टेक पौरखी राईको निर्देशन छ । निर्देशक राई पनि यो फिल्मबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।