दिल्लीको मुर्रामा नेताहरुलाई व्यंग्य

काठमाडौंँगाईजात्रा’ हास्य र व्यंग्यको पर्व हो । यो पर्वलाई लक्षित गर्दै बजारमा विभिन्न हास्य व्यंग्यका सामाग्री भित्रिने गरेको छ ।

यस्तै १४ भदौमा परेको गाइजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरी र अजय शाह ठकुरीले कमेडी कोसेली ‘दिल्लीको मुर्रा’ सार्वजनिक गरेका छन् । राजनीतिक, आर्थिक, सामाजिकलगायत विभिन्न विषयवस्तु समेटिएको ‘दिल्लीको मुर्रा’मा देशमा वर्षभरि घटेका विषयवस्तुमाथि व्यंग्य प्रस्तुत गरिएको छ ।

गाईजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसंगती प्रति व्यंग्य गर्नु हो’, आशिषले भने ‘त्यहि पेरिफेरिमा रहेर यो पटकको गाईजात्रा तयार गरेका छौँ ।’

पछिल्लो समय रोजगारीका लागि कोरिया पुगेका आशिष र अजयले ‘दिल्लीको मुर्राउतैबाट सार्वजनिक गरेका हुन् । रेडियो कान्तिपुरको हास्यव्यंग्य कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’ लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा अनुभव भएका आशिष र अजयको यो कोसेलीमा सहकार्य गजबको छ ।

‘दिल्लीको मुर्रा’को छायांकन अजय शाह र सम्पादन आशिष आफैले गरेका छन् । करिव १७ मिनेटको भिडियो सहितको ‘दिल्लीको मुर्रा’ मा उल्लेखित व्यंग्यात्मक प्रस्तुतिले दर्शक तथा श्रोताको मन जित्ने विश्वास आफुलाई रहेको आशिषले बताए । भिडियो अनलाईन चौतारी नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गतबर्ष आशिषले ‘बालकोटको बार्दली’ नामक कमेडी कोसेली सार्वजनिक गरेका थिए ।