जया र युवराजको छन्त्याल परे म त

काठमाडौं । आफ्नो पहिचान कसलाई प्यारो हुदैन र ? तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन् गायक युवराज छन्त्याल । उनले एउटा गीत निकालेका छन । जसको बोल छ,‘छन्त्याल परे म त’ । मेला महोत्सवमा घन्किने प्रकारको यो गीतलाई लिएर युवराज उत्साहित पनि छन ।

लामो समय यता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भरेका छन । ‘बजाउँदै पञ्चे बाजा’ बोलको गीतबाट उनले मौलिक गायकको अवार्ड पाएका छन । त्यस्तै उनको अर्को गीत ‘पैसा वाला हेर्छन्’ बाट बेस्ट लोकदोहोरी कम्पोजर नोमिनेसनमा परेको थियो ।

त्यस्तै यही गीत कि अर्की गायिका जया छन्त्यालले पनि दर्जनौं गीत गाएकी छन । सरिता छन्त्यालले त झन २,३ वटा एल्बममा नै स्वर भरेकी छन । भने यी गीतको शब्द संगीत युवराज कै रहेको छ ।

अमृत, कोपिला, मनोहर, कृष्ण , गगाँ, जमुना, लिनिसा र सृजना छन्त्यालले गीतको भिडियोमा अभिनय गरेका छन् । भिडियोमा सिवन पोखरेलको कोरियोग्राफी र निर्देशन रहेको छ । अधिनायक मान सेरचनले सम्पादन गरेको भिडियो महेश महराले खिचेका हुन् ।