काठमाडौं । गत भदौको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । दोश्रो सातामा पनि यो फिल्म हेर्नका लागि हलमा दर्शकको चाप राम्रो छ ।
यसैबिच, मंगलबार फिल्म हेर्न पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यमी काठमाडौंका सिभिल मलमा पुगेका छन् । फिल्म हेरिसकेपछि हिसिला भावुक बनिन् । उनको आँखाबाट आँशु झरेका थिए । फिल्मको कथावस्तु र विशेषगरि क्लाइमेक्सले छोएपछि हिसिला भावुक बनेकी हुन् ।
हिसिला भावुक बनेपछि मिडियासँग कुरा गर्दै भट्टराइले भने–‘फिल्मको कथावस्तु उत्कृष्ट छ । फिल्मको अन्तिममा मुख्य पात्रले गाउँ छाडेको कुरा मलाई थोरै चित्त वुझेन । अरु, कुरामा त फिल्ममा आलोचना गर्नुपर्ने ठाउँ छैन ।’
बाबुरामले फिल्मका मुख्य पात्रले राजनीतिमा हार खाएपछि गाउँ छाडेपनि आफूले भने नछाड्ने बताए । उनले भने–‘मलाई गोरखा छाडेर छोरीलाई काठमाडौंमा उठायो भनेर पनि आरोप लगाइयो । तर, छोरी मानुषीलाई स्वतन्त्र यूवाहरुले काठमाडौंमा उठाएका हुन् । म गाउँ छाडेर हिड्नु हुदैन भन्ने पक्षमा छु ।’
भट्टराइले अगाडि भने–‘फिल्मले छोएपछि त मान्छेको आँखाबाट आँशु आउँछ नी । हिसिलाको आँखामा आँशु पनि त्यही भएर आएको हो । निर्देशक दीपेन्द्र लामा सधै नै उत्कृष्ट फिल्म बनाउनुहुन्छ ।’
बाबुरामले आफू चुनावमा नउठ्नुको कारण पनि यही फिल्ममा देखाउन खोजिएको भन्दै यसलाई यथार्थ कथा भने ।
यस्तै, पूर्व मन्त्री यमीले फिल्म हेरेर सबै कुराले छोएको बताइन् । उनले, पनि बाबुरामले जस्तै मुख्य पात्रले गाउँ छाड्ने कुरामा असन्तुष्टी जनाइन् ।
हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा राम श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।