काठमाडौं । निर्माता रोहित अधिकारीले आफ्नो ब्यानर रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङ फाइनल भएका छन् । निर्माता अधिकारीले अभिनेत्रीका रूपमा जसिता गुरुङसँग सोमबार सम्झौता गरेका हुन् ।
यस्तै, फिल्म निर्देशनका लागि निर्देशक दिपेन्द्र लामासँग पनि सोमबार नै सम्झौता गरिएको रोहित अधिकारी फिल्म्सले जनाएको छ । यसअघि अभिनेता पल शाहसँग मौखिक सहमति भइसकेको निर्माता रोहित अधिकारीले बताएका छन् ।
फिल्मको शीर्षक भने तय भइसकेको छैन । हाल फिल्मको कास्ट एन्ड क्रिउ फाइनल गर्ने काम भइरहेको छ । अन्य कलाकारलाई पनि छिट्टै अनुबन्ध गरेर फिल्म छायांकनमा जाने तयारी निर्माण पक्षको छ ।








