मुहुर्तसँगै छायाङ्कनमा महाजात्रा

काठमाडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्म ‘महाजात्रा’ को मुहुर्तसँगै छायांकन सुरु भएको छ । षट्कोण आर्टस ब्यानरमा निर्माण हुने फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्।

फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय रहने छ। फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन्।

फिल्म चैत ९ गतेदेखि प्रदर्शन हुनेछ।

निर्देशक भट्टराईले फिल्ममा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने बताए । यो फिल्म ‘जात्रा’ र ‘जात्रैजात्रा’ को तेस्रो शृंखला हो।