निकेश र आयुष्माको देउसी भैलो

काठमाडौं । गायक निकेश राईको स्वर तथा शब्द संगीतमा यो वर्षको तिहारलाई लक्षित गरेर नयाँ तिहार गीत ‘देउसी र भैलो ( तिहारै आयो)’ दर्शक श्रोतामाझ ल्याएका छन् । मंगलबार काठमाडौंमा एक समारोहबीच यो गीतको विमोचन गरिएको छ ।

मिसेस वल्र्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राईसहित अन्य प्रतियोगीहरु, बृटिस आर्मीका क्याप्टेन योगेश कोयी राई, अनुषा राई, अनिल कोयी राईलगायतले यो गीतको बिमोचन गरेका हुन् ।

निकेशको यो गीतमा उनी सहित कुसुम गुरुङ, सविन शंकर, राजु बाकोटी, नौली याम्फु, कैलाश विक, सुशील भट्टराईलगायतको स्वर रहेको छ । गीतलाई सुशील भट्टराईले संगीत संयोजन, राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

यो गीतको भिडियोमा आयुष्मा राई, योगेश कोयी राई, अनुषा राई, अनिल कोयी राईलगायतको अभिनय रहेको छ । जसमा मुकेश हुमागाईंको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा रँग संयोजन, अनिल थुलुङको कोरियोग्राफी तथा अनिल कोयी राईको निर्देशन रहेको छ ।