काठमाडौं । विगत १५ वर्ष भन्दा अघिदेखि नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्डको १५ औं संस्करणका लागि फिल्म दर्ता आव्हान गरिएको छ ।
‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत फिल्मको चाहना’ भन्ने मूल मन्त्रमा आधारित रहेर आयोजना गरिदै आएको डि सिने अवार्ड नेपालमा आयोजना भइरहेको फिल्मी अवार्ड मध्ये सबैभन्दा धेरै फरक र नियमित रुपमा आयोजना हुँदै आएको ऐतिहासिक अवार्ड हो । २०७९ सालमा रिलिज भएका फिल्महरु १५ औं संस्करणमा भाग लिन पाउने छन् । आगमी १५ पुष २०८० सम्म फिल्मको दर्ता गर्न पाइने उल्लेख गरिएको छ ।
डिजिटल फिल्मका माध्यमबाट निर्माण गरिएका फिल्म, फिल्मकर्मी, स्रष्टा, सर्जक, प्राविधिक सम्पूर्णलाई प्रोत्साहित गरी गुणस्तरयूक्त फिल्म निर्माण हेतु यसरी अवार्ड आयोजना हुँदै आइरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताएका छन् । मुलतः नेपाली फिल्म उद्योगको अवार्ड आयोजना प्रारम्भ गरी प्राविधिक माध्यमले फिल्मको गुणस्तर बृद्धि तथा सिर्जनकर्मी पौरखी हातहरुलाई प्रोत्साहन–सम्मान–पुरस्कृत गरी बृहत्तर फिल्म उद्योगको परिदृश्यमा अवार्ड आयोजना हुँदै आइरहेको र १५ औं संस्करण पनि यसैको सिलसिला भएको अध्यक्ष शान्तिप्रियले बताए ।
अवार्ड आगामी माघमा आयोजना गरिने आयोजक संस्था छायाँछवि क्र्रियशनले बताएको छ ।