चोरी चोरीमा दया र दीयाको प्रेम

काठमाडौं । आगामी माघ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘दयारानी’को गीत ‘चोरी चोरी’ सार्वजनिक भएको छ । गीतमा फिल्मका प्रमुख कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् । अंग्रेजी नयाँवर्ष २०२४ को अवसर पारेर निर्माण पक्षले गीत सार्वजनिक गरेको हो ।

फिल्ममा अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशन छ । गीतमा मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द र संगीतकार थापा मगर र सदिक्षा कट्टेलको स्वर छ । फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममाम शैलेन्द्र ध्वज कार्कीको छायांकन छ । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ निर्देशक मणिराम पोखरेल हुन् । फिल्म नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।