रङ्गेली टिजरमा दयाहाङ र अर्पण दुस्मन

काठमाडौँ । अभिनेता दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरलाई फरक लुक्समा प्रस्तुत गरिएको फिल्म ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मको सार र पात्र परिचय प्रस्तुत गरिएको छ । टिजरमा दयाहाङ र अर्पणलाई दुश्मनको रुपमा चित्रण गरिएको छ भने मिरुनालाई शान्त स्वभावकी थारु युवतीको लुक्समा देखाइएको छ

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गते रिलिज हुने फिल्ममा अर्जुन सुवेदीको लेखन र निर्देशन छ । फिल्ममा अर्पण, दयाहाङ, मिरुनाका अलावा प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको पनि अभिनय छ ।

फिलमका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्म नेपालसहित अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र हङकङमा एकसाथ प्रदर्शन हुँदैछ ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा एक्का बास्सा इन्टरटेन्मेन्ट र लाइभ एट प्रिजेन्टले यो फिल्म रिलिज गर्दैछन् । ओएसआर डिजिटल फिल्मको डिजिटल वितरक हो ।