एक्टरमा जोडिए राजबल्लभ

काठमाडौं । अभिनेता राजबल्लभ कोइरालाले अब फिल्म ‘एक्टर’बाट नेपाली रजतपटमा कमव्याक गर्ने भएका छन् ।

प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा राजबल्लभको फस्टलुकसहितको पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको छ । अभिनेता राजबल्लभले लामो समयपछि दर्शकमाझ पुनः देखिन लाग्दा आफू उत्साहित भएको बताए । यो फिल्ममा यसअघि नै प्रदीप र अभिनेत्री आना शर्मा अनुबन्धित भइसकेका छन् ।

राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको सह–निर्मातामा एनिस भुसाल र सार्थक के सी छन् । फिल्ममा पोष्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ ।

सन् २०२५ मा रिलिज हुने फिल्मको छायांकन केही महिनामै सुरु हुने निर्माण पक्षले जनाएको छ । फिल्ममा नरेन्द्र मैनालीको छायांकन र रीत बोहोराको सहायक निर्देशन रहनेछ ।