रियर र नीतिको खजुरे ब्रो इन्डक्ल्याप

काठमाडौं । फिल्म ‘खजुरे ब्रो’ को छायाङ्कन सकिएको छ । एक महिना देखि धरानमा भई रहेको सुटिङ सकिएको हो । फिल्मको सम्पूर्ण छायाङ्कन २५ दिनमा सकिएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले बताए ।

सुरज सुनुवार निर्देशित फिल्म लाइट कमेडीमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । फिल्मका निर्माता नवीन मानन्धरले फिल्मले धरानको संस्कृतिको प्रवद्र्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने बताए ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित फिल्ममा नविन मानन्धर र सुरज सुनुवार निर्माता छन् । फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन् ।

फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ ।

फिल्ममा दार्जिलिङका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ । फिल्ममा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिशंखेको छायाङ्कन रहेको फिल्ममा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ ।

फिल्मको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । दिव्यदृश्य इन्टरटेन्टमेन्टले निर्माण गरेको फिल्ममा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज रहेको छ । फिल्म जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ ।