काठमाडौंं । नर्सिङ पेशा गरिरहेका युवतीबीच हुन लागेको ‘मिस नेपाल पिस’का प्रतियोगी सुन्दरीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको प्रतियोगिताका २४ प्रतियोगीले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कला लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतियोगीतामा स्रिया रिजाल, दीपा देवकोटा, रिस्मा श्रेष्ठ, आस्मा प्याकुरेल, पुष्पा तामाङ, इशा पुन, रीना थापा मगर, प्रमिशा गौतम, बाला कार्की, रुकु प्याकुरेल, खारु राई, साजन केसी, प्रमिला पण्डित, पुनम श्रेष्ठ, करिष्मा पाण्डे, आरती बुढाथोकी, सरिता राई, अनु कुमाल, आर्जु श्रेष्ठ, जिना श्रेष्ठ, ग्रीस्मा श्रेष्ठ, मेरीना कटुवाल, सुस्मिता बोगटी, समिक्षा सापकोटा सहभागी छन् ।
संस्थाका अध्यक्ष रवि धमलाले नर्सिङ पेसाको काम तथा अध्ययन गरिरहेका युवतीहरुको व्यक्तित्व विकास गरि सामाजिक काम प्रति उत्तरदायित्व बहन गराउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा अभिनेता गायक कोशिस क्षेत्री, मोडल हन्ट बिजेता विक्रम आदित्य महासेठ, कोरियोग्राफर रिना गिरी, डा. अनिमेस जोशी, नेक्स्ट मोडल्सका सिइओ रवि धमला, मिस वल्र्ड नेपाल २०१६ अस्मी श्रेष्ठ निर्णायक थिए । प्रतियोगीताको फिनाले आगामी चैत्र १० गते शनिवार हुनेछ ।