खजुरे ब्रोको लभ गर्ने मान्छे

काठमाडौं । फिल्म ‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । भट्टीको सेटिङमा गीतको भिडियो तयार पारिएको छ। भिडियोमा फिल्मका प्रमुख पात्र ‘खजुरे’ बनेका रियर राई तथा महेश त्रिपाठीका साथमा अन्य कलाकारहरु फिचर्ड छन् ।

सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द तथा संगीत रहेको छ। यस्तै गीतमा संगीतकार अनमोल र अनुपम गुरुङसँगको संयुक्त स्वर रहेको छ।

वैशाख २८ गते रिलिज हुने फिल्मका लेखक–निर्देशक सुरज सुनुवार हुन्। फिल्ममा नीति शाह, रेयर र महेशका अलावा नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीपचन्द्र राई (कान्छी)लगायतको अभिनय रहेको छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन्। अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा शिशिर विशंखेको छायाङ्कन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ। अनमोल गुरुङ फिल्मका संगीतकार हुन् । फिल्म रोहित तथा रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।