काठमाडौं । नयाँ गजल गीत ‘के अर्थ भो’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै गीतको विमोचन गरियो । गीतमा थानेश्वर गौतम र रन्जिता विश्वकर्माको स्वर रहेको छ भने प्रभा बर्तौलाको शब्द छ र संगीत गायक गौतम स्वयमले भरेका छन् ।
गीतको भिडिओमा अभिनेता पुष्प खड्का र अभिनेत्री स्मारिका र समारिका ढकालको अभिनय रहेको छ । भिडियोमा मौसम हिमालले कोरियोग्राफी र निर्देशन गरेका छन् । भिडियो पृश्वी इन्टरटेनमेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लोक सन्चारकर्मी नेपालका केन्द्रिय अध्यक्ष चन्द्रमणी गौतमले नेपाली गीतसंगीतको क्षेत्रमा गजल गीतको छुट्टै स्थान रहेको र बिशेष गरी थानेश्वर गौतमका गीतले दर्शक तथा स्रोताको मन छुने गरेको र यस गीतले पनि सबैको मन जित्न सक्ने बताए । उनले पृश्वी इन्टरटेनमेन्टका हरेक गीतहरु उत्कृष्ट रहदै आएको र यसगीतलाई पनि दर्शकले मन पराउनेमा विश्वास राखे ।
कार्यक्रमका सभापति तथा पृश्वी इन्टरटेनमेन्टका अध्यक्ष पृश्वी थकालीले गायक गौतम र गायिका विश्वकर्माको आवाजले गीतलाई थप मिठास बनाएको बताए । उनले नवगायिका विश्वकर्माको उज्जवल भविष्यको कामना समेत गरे । गीतका गायक थानेश्वरले आफ्ना यसअघिका गीतहरुमा जस्तै मिहिनत गरेर बनाएको र दर्शक स्रोताबाट माया पाउनेमा आशा राखे । गायिका रन्जिताले अग्रज श्रृष्टाहरुसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन् ।