प्रिय तिम्रो सिउँदोमा गायक प्रकाशको निधन

काठमाडौं । चर्चित गीत ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’ का गायक प्रकाश तिमल्सिनाको ३६ वर्षको उमेरमा निधन भएको छ ।

शनिबार साँझ भैसेपाटीस्थित निवासमा अचेत अवस्थामा फेला परेका उनलाई परिवारले पाटन अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको अन्तिम संस्कार आज आइतबार बिहान पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ । उनका ‘खलि’, ‘तिम्रो हातको सिन्दुर’, ‘जुन भन्दिन’, ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म’ लगायतका गीत हिट छन् ।

२०४५ सालको भूकम्प र बाढीमा परिवारसँगै आफ्ना दुवै आँखा गुमाएका यी गायक आँखाको उपचारका लागि अमेरिका जाने प्रयासमा थिए ।