तीज गीतमा बालेनको शहर

काठमाडौँ । गायक पशुपति शर्मा र गायिका सुमित्रा कोइरालाको स्वरमा रहेको नयाँ तीज गीत ‘बालेनको शहर’ सार्वजनिक गरिएको छ । गीतमा आरके कुमार शाहीको शब्द, सुर्य बिनायकको संगीत र विमल छिनालको एरेन्ज तथा मास्टरिंग छ ।

मौलिक तीज गीतमा श्रीमान र श्रीमती बिचको सम्वादलाई गीतमा उतारिएको छ । श्रीमानले श्रीमतीलाई काठमाडौंसँगै विभिन्न ठाउँमा घुमाउने कुरा गर्दैछन् । यस्तै श्रीमतीले पनि श्रीमातको हात समाई घुम्ने कुरा गर्दैछिन् । गीतमा मिठास छ । गीतको भिडिओमा श्रीमानको रुपमा आरके कुमार शाही छन् भने श्रीमतीको रुपमा निहारिका थापा छिन् । उनीहरु सहित टिमले भिडिओमा नृत्य गरेको छ ।

१० मिनेट लामो भिडिओलाई रमाइलो बनाउने कोसिस गरिएको छ । नरेश अएरले खिचेको भिडिओ कल्पेश विश्वकर्माले सम्पादन गरेका हुन् भने भिडिओमा कोरियोग्राफी र निर्देशक शिशिर बुढाथोकीले गरेका छन् ।

भिडिओमा आरके कुमार शाहीसँगै सन्जिता गौतम र गंगा श्रेष्ठले लगानी गरेका छन् । गीतको भिडिओ आरके कुमार शाही अफिसियल युट्युव मार्फत सार्वजनिक गरिएको छ ।