माघ ११ मा घर नम्बर २

काठमाडौं । साउनको २५ गतेबाट छायांकनमा गएको फिल्म ‘के घर के डेराः घर नम्बर २’को प्रदर्शन मिति तय गरिएको छ । वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले यो फिल्म माघको ११ गतेबाट रिलिज हुने जानकारी दिएका छन् ।

छायांकन सुरु भएको एक साता पनि नवित्दै निर्माणपक्षले प्रदर्शन मिति फाइनल गरेको छ । फिल्मको छायांकन एक महिनामा सक्ने योजना निर्माणपक्षको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा बुद्दि सागरको कथा रहेको यो फिल्मलाई काठमाडौंका आसपासका क्षेत्रमा नै खिचिनेछ । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्ममा सामाजिक बिषयवस्तुलाई रोचक तरिकाले भनिने निर्देशक खनाल बताउँछन् । फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको सह निर्माता ओम प्रकाश अग्रवाल र महेश किजु हुन् । ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ ।