काठमाडौं । अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो ।
चार मिनेट लामो ट्रेलर रिलिज पश्चात धिरजको जन्मदिनको केक काटेर सेलिब्रेसन समेत गरिएको थियो । फिल्मको ट्रेलरले जनयुद्धको प्रभावका बावजुद अकुंराएको एक जोडीको प्रेम र गाउँमा माओवादी सशस्त्र द्धन्द्व बढेपछि गाउँबाट वेपत्ता श्रीमानको प्रतिक्षामा रहेकी श्रीमती तथा परिवारको कथा उठाएको बुझिन्छ ।
धिरजले आफु जन्मेको गाउँमा फिल्म छायांकनको अवसरमा फर्कन पाएकोमा निर्देशक अशोक थापा मगर प्रति आभार व्यक्त गरे । ‘२ वर्षको उमेर युके गएपनि सधैं मनमा आफ्नो जन्म गाउँको प्रचारप्रसार गर्ने इच्छा थियो । सायद यो फिल्मबाट पुरा भयो भन्ने लागेको छ’, उनले भने ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह(निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन ९खबपु०, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।