अन्जु र पदमको तिमीसँगै

काठमाडौं । गायिका अन्जु श्रेष्ठको नयाँ गीत ‘तिमीसँगै’ बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको गीतमा गायिका श्रेष्ठ र गायक पदम लुहारको स्वर छ ।

भिडियोमा स्मारिका ढकाल र सुरेश कोहिलको अभिनय छ । भिडियोमा रहेश पुमा राईको निर्देशन छ ।

गीतमा मुग्लानी युवक र उनकी प्रेमिकाबिचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ । ग्रामिण परिबेशको सजिव कथा बोकेको यस गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।

गायिका अन्जु नेपाली सांगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि सक्रिय गायिका हुन् । कलानिधि संगीत महाविद्यालयबाट शास्त्रीय संगीतको अध्ययन गरेर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठको पहिलो गीत तिज गीत ‘रातो साडी’हो ।