एक्लो सेटमा बाढीले पुर्‍यायो क्षति

काठमाडौँ। फिल्म ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम छायांकनको लागी मुस्ताङ पुगेको थियो। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको थियो । बाढीले सम्पूर्ण सेटमा क्षति पुर्याएको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताए।

प्रदीप शाहीको निर्देशनमा निर्माण भई रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन छ । फिल्ममा हलिउड कलाकार जेमी बेकम, प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एभनराज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिङलगायतको अभिनय छ ।

फिल्मका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ ,भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन्। फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहेका छन् ।