काठमाडौं । यही असोज २४ गते फूलपातीदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्ट निर्देशित सार्वजनिक ३ मिनेट १४ सेकेण्डको ट्रेलरमा विराज भट्ट र यही फिल्मबाट डेब्यु गरेका उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा देखाइएको छ ।
१२ गाउँ भन्ने ठाउँमा आधिपत्य जमाएर बसेको अत्याचारी पात्र (मुरलीधर)को साम्राज्य ध्वस्त पार्न विराज र समीरले गरेको संघर्षलाई ट्रेलरमा देखाइएको छ ।
फिल्ममा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर ‘इकु’, भिष्म जोशी, स्टन्ट सिल्भा (साउथ फिल्मका कलाकार) लगायतको पनि अभिनय छ ।
फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् ।