कस्तो हो यो मायामा इश्वर र फरिता

काठमाडौं । निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि ‘कस्तो हो यो मायाँ’ बोलको नेपाली गीतको भिडियो निर्माण गरि आफ्नै युटूव च्यानबाट सार्वजनिक गरेका छन् ।

क्यानडाको बिभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई निर्देशक हेरुका लामाले प्रेमिल जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् ।

ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गरेका हुन् ।