फेरि रेशम फिलिलिको छायांकन सुरु

काठमाडौं । फिल्म ‘फेरि रेशम फिलिलि’को छायांकन सुरु भएको छ । निर्माणपक्षले आज शुभमुहूर्त गर्दै आजबाट छायांकन सुरु गरेको हो । शुक्रबार अफिसियल घोषणा गरिएको फिल्मको आज शुभमुहूर्त गर्दै छायांकन पनि आजैबाट सुरु गरिएको निर्माता रौनकबिक्रम कडेलले जानकारी दिए । फिल्मको लेखन तथा निर्देशन निरोज महर्जनले गर्दैछन् ।

फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेतीलगायत कालाकारको अभिनय रहनेछ । रौनक विक्रम कँडेल निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता सुरज बम ठकुरी छन् । सह–निर्माता एनी थापा हुन् ।

सिनेमा आर्टसको प्रस्तुति रहने फिल्म दि मोसन पिक्चर्सको सहकार्यमा बन्न लागे हो । सुजन प्रजापतिको छायांकन रहने फिल्म सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् । पटकथा निरोज महर्जन र आकाश बरालको छ । संगीत कालीप्रसाद बास्कोटा, एसीडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माको छ ।