विराटनगरमा पुर्ण बहादुरको सारङ्गीको प्रचारप्रसार

काठमाडौं । फिल्म ‘पुर्ण बहादुरको सारंगी’को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न भएको छ। कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको साङ्गीतिक कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक, र बिराटनगरमा आयोजना गरिएको थियो ।

विराटनगरको महेन्द्र चोकमा आयोजित कार्यक्रम निर्धारित समयभन्दा केही ढिलाइ भए फिल्मको टिमले उत्साहका साथ दर्शकलाई फिल्म हेर्न आव्हान गरेका थिए । कार्यक्रम सुरु हुनुअघि कलाकार टोली सिटी सिनेमाजमा प्रमोशनल भिजिटका लागि गएको थियो।

प्रचार कार्यक्रममा प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल, अन्जना बराइली, गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक विराज गन्दर्भको उपस्थिति रहेको थियो। गायक प्रशान्तले फिल्मका गीतहरू प्रस्तुत गर्दा बिराज गन्धर्वले सारंगीको सुरमा र्याप प्रस्तुत गरेर दर्शकलाई मनोरंजन गराएका थिए।

कलाकारहरू विजय, मुकुन, र अन्जनाले फिल्म हेर्न विराटनगरका दर्शकलाई आग्रह गर्दै कार्यक्रमलाई समापन गरेका थिए। मन्डला नाटकघरको जुनकिरी ट्रक सहितको प्राविधिक टोली देशभर फिल्म प्रचारप्रसारमा निस्किएको छ।

कार्यक्रम व्यवस्थापनमा आकाश रावलको हुस क्रीयशन टिम, इटहरीमा सुवास संकल्प श्रेष्ठ र सरोज श्रेष्ठ, धरानमा सुमित कार्की, र विराटनगरमा विकल श्रेष्ठले सहयोगी भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सञ्चालन मिमिक्री आर्टिस्ट दिनेश काफ्लेले गरेका थिए।

फिल्मसेभेन सिज सिनेमा र बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। यो फिल्मको लेखन तथा निर्देशन सरोज पौडेलले गरेका छन्, भने बिनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको छन्। फिल्म गन्दर्भ समुदायको सांस्कृतिक संघर्ष, परम्परा संरक्षण, र सारंगी संस्कृतिको प्रवर्धनको कथा बोकेको छ।