काठमाडौं । छायांकनरत फिल्म ‘फेरी रेशम फिलिली’को पहिलो सेड्युलको सकिएको छ । दशैं लगत्तै सुरु गरिएको फिल्मको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको हो ।
फिल्मको दोस्रो चरणको छायांकन तिहारपछि कार्तिक २२ गते बाराबाट सुरु हुने निर्माता रौनक विक्रम कडेलले बताए । फिल्मको केही प्रतिशत छायांकन निर्माता कडेलको गृह जिल्ला चितवनमा पनि गरिनेछ ।
यो फिलम २०७२ सालमा रिलिज भएको ‘रेशम फिलिली’को सिक्वेल हो । फिल्मको मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया रहेका छन् । विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ । मेनुका प्रधानसँगै फिल्ममा निर्देशक पनि परिवर्तन भएका छन् । पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गरेका थिए भने ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन् ।
फिल्ममा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलको लगानी रहने फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह(निर्मातामा एनी थापा छन् ।
सिनेमा आट्र्सले वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भैरहेको फिल्ममा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वाइवा र दीपक शर्माको संगीत रहनेछ ।