स्वीडेन(एजेन्सी) । विश्वकै पहिलो विश्व सुन्दरी बनेकी स्वीडेनकी मोडल किकी हाकनसनको निधन भएको छ । उनी ९५ वर्षकी थिइन् । मिस वर्ल्डको आधिकारिक इन्स्टाग्राम पेजले उनको निधनको पुष्टि गरेको छ ।
उनको निधन गत नोभेम्बर ४ मा क्यालिफोर्नियास्थित निजी निवासमा निधन भएको हो । उनका छोरा क्रिस एन्डरसन जूलिया मोर्लेले एक नोट लेखेका छन् । ‘मेरी आमा वास्तविक, दयालु, प्रेम गर्ने एक राम्रो महिला हुनुहुन्थ्यो । उनको हाँसो र बुद्धिको सानदार मिलन र समझदारी हेर्न लायक थियो । यसबाहेक उनी ठूलो हृदयको महिला थिइन्’, नोटमा मोर्लेले लेखेका छन् ।
किकीको जन्म सन् १९२९ जून १७ मा भएको थियो । ऐतिहासिक मोडलिङ करियरका लागि उनलाई जोकोहीले सम्झन्छन् ।
किकीले सन् १९५१मा लण्डनमा मिस वल्र्डको उपाधि जितेकी थिइन् । यसै वर्ष उनी ‘मिस स्वीडेन’ पनि भएकी थिइन् । यो प्रतियोगिताबाट मिस वर्ल्ड प्रतियोगितामा एउटा नयाँ क्रान्तिको उदय भएको थियो ।