मुम्बई(एजेन्सी) । मुम्बई प्रहरीले अभिनेता शाहरुख खानलाई ज्यानको धम्की दिएको आरोपमा छत्तीसगढको राजधानी रायपुरबाट फैजान खान नामको एक वकिललाई पक्राउ गरेको छ ।
गत साता प्रहरीले रायपुरमा सोधपुछपछि फैजानलाई ११ नोभेम्बरमा बान्द्रा पुलिस स्टेसनमा बोलाएको थियो ।
रायपुर प्रहरीका एक अधिकारीका अनुसार ५ नोभेम्बरमा मुम्बईको बान्द्रा पुलिस स्टेसनमा फोन गरेर शाहरुख खानलाई ज्यानको धम्की दिएर ५० लाख रुपैंयाँ मागेको उजुरी परेको थियो । त्यसपछि फोन गर्ने अज्ञात व्यक्तिविरुद्ध प्रहरीले भारतीय न्याय संहिता (बीएनएस) की धारा ३०८(४) (मृत्यु या गम्भीर चोटको धम्कीसँग जोडिएको जबदस्त असुली) र ३५१(३)(४)(आपराधिक धम्की) अनुसार मुद्धा दर्ता गरिएको थियो ।
प्रहरीका अनुसार जुन फोनबाट शाहरुखलाई धम्की दिएको थियो, त्यो फोनको सिमकार्ड रायपुरको फैजान खानको नाममा छ । यसपछि अघिल्लो दिन मुम्बई प्रहरीका तीन अधिकारी रायपुर पुगेर फैजानलाई सोधपुछ गरेको थियो ।