तेल भिसाको अग्रिम बुकिङ खुला

काठमाडौं । मंसिर ७ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तेल भिसा’को अग्रीम बुकिङ खुला गरिएको छ । शंकर घिमिरेले १२ वर्ष पछि निर्देशनमा कमव्याक गरेको फिल्मले देशभरका सिंगलस्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो पाएको हो । फिल्मको अग्रीम टिकट बुकिङ पनि राम्रो देखिएको छ ।

देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २५ शो र मोफसलमा २५ शो उपलब्ध गराएको छ । यस्तै, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले ९ शो, वान सिनेमाजले ७ शो, एफक्युबले ६ शो, बिग मूभिजले ४ शो, बिएसआर मूभिजले ३ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले ३ शो, सिने डी सेफले ४ शो र कृर्तिपुर सिनेप्लेक्सले १ शो उपलब्ध गराएका छन् ।

फिल्मले देशभरका सिनेमा घरमा डेढ सय हाराहारीमा शो पाएको देखिन्छ । यो नेपाली फिल्मका लागि उपलब्ध राम्रो शो हो । शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ । फिल्ममा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।