काठमाडौं । निर्देशक ऋषि लामिछानेको निर्देशनमा फिल्म ‘माग्ने राजा’ निर्माण हुने भएको छ । फिल्ममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रमुख भूमिकामा देखिनेछन् । मुनाल घिमिरे निर्माता रहने फिल्मको थिम पोस्टर बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको छ ।
निर्देशक लामिछानेका अनुसार फिल्मको कथा प्रमुख पात्र केदार वरपर घुम्नेछ । फिल्ममा सामिप्यराज तिमल्सिनाको लेखन छ । आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केदारबाहेक अन्य कलाकार निश्चित भइसकेका छैनन् । निर्देशक लामिछानेले आठ वर्षपछि निर्देशकनमा कमब्याक गर्दैछन् । उनले पछिल्लो पटक सन् २०१६ मा प्रदर्शन भएको ‘किस्मत २’ निर्देशन गरेका थिए ।
फिल्म ‘माग्ने राजा’ फागुन १ गतेबाट छायांकनमा जानेछ ।