काठमाडौं । निर्देशक वसन्त निरौलाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्म ‘दशमी’ निर्माणको घोषणा गरेका हुन् ।
रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने रहने फिल्ममा राजकुमार पण्डितको लगानी रहनेछ । फिल्मको लेखक दिलीप रानाभाट हुन् । फिल्मको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहेका छन् ।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन म्यानेजर दिलीप पन्त रहेका छन् । निर्देशक निरौलाले फिल्मको नाम घोषणा गरे पनि कलाकारको लाइनअप भने सार्वजनिक गरेका छैनन् । उनले फिल्म २०८२ को दसैँको फूलपातीका दिन रिलिज हुने बताएका छन् ।
यो फिल्ममा गत दसैँमा रिलिज भएको फिल्म ‘ज्वाइँ साब’को अधिकांश टिम छन् । निरौलाको निर्देशन रहेको ‘ज्वाइँ साब’ले राम्रो समीक्षा पाएको थियो ।